Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ दलको गृहकार्यमा बालेन सक्रिय, कुलमान घिसिङसँग गरे छलफल

नयाँ दलको गृहकार्यमा बालेन सक्रिय, कुलमान घिसिङसँग गरे छलफल

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नयाँ राजनीतिक दल गठनको गृहकार्यमा जुटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जा मन्त्रीसमेत रहेका उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार बिहीबार बिहान भएको उक्त भेटवार्तामा आसन्न निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । कुलमानको उपस्थितिमा उज्यालो पार्टीको कार्यालय उद्घाटनअघि उनीहरूबीच छलफल भएको बताइएको छ ।

नयाँ पार्टी दर्ता हुनुअघि एउटै राजनीतिक शक्ति बनाएर अघि बढ्नेबारे समेत कुराकानी भएको जनाइएको छ । छलफलका क्रममा निर्वाचन आयोगमा अद्यावधिक भइसकेको देश विकास पार्टीलाई नै अगाडि बढाउने गरी सहमति बनेको स्रोतको दाबी छ ।

यसैबीच, बालेनले विभिन्न दलका नेतासँग भेटघाटलाई तीव्र बनाएका छन् । यसअघि बुधबार बालेनले चिकित्सक डा. भगवान कोइरालादेखि राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतसम्मलाई भेटेको बताइएको छ ।

साथै महानगरका सल्लाहकार सुनिल लम्सालसमेतको उपस्थितिमा भएको बैठकमा बालेनले पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाललाई भेटेका थिए ।

उनले कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला लगायतसँग पनि बेग्लाबेग्लै भेट गरेको बताइएको छ ।

यस्तै आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बालेनले भेटवार्ता गर्ने बताइउको छ । यसअघि सोमबार राति बालेन र रविबीच छलफल भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077