Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाँचबुझ आयोगमा बयानका लागि जाने वा नजानेबारे के भन्छन् लेखक ?

जाँचबुझ आयोगमा बयानका लागि जाने वा नजानेबारे के भन्छन् लेखक ?

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम तत्कालीन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्।

बिहीबार कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आयोगमा बयानमा दिन जाने बताएका हुन्।

उनले भने, जाँचबुझ आयोगले भोलिलाई बोलाएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले मंगलबार तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।

त्यसपछि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको प्रसंगमा छलफल भएको थियो ।

बैठकमा सहभागी नेताहरूले आयोगमा उपस्थित भएर बयान दिनु उपयुक्त हुने सुझाव दिएका थिए।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077