Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन ३ बाट रेनु दाहाल एकल सिफारिस

चितवन ३ बाट रेनु दाहाल एकल सिफारिस

बिहिवार , पौष १०, २०८२

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले चितवन क्षेत्र ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।

उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइनेछ।

दाहालले महानगरमा एक वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएर चुनावमा जुट्ने तयारी गरेकी छन्।

चितवन निर्वाचन क्षेत्र ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडा पर्छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077