काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र भौतिक पूर्वाधार, ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङ फेरि निर्णायक छलफलमा जुटेका छन् ।
बिहीबार बेलुका साढे ८ बजेदेखि वार्ता सुरु भएको हो । घिसिङ आफ्नो अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीका नेताहरूसँग निवासमै समानुपातिक सूची तयार पार्ने कार्यमा लागेका बेला बालेनसँग महत्त्वपूर्ण राजनीतिक विषयमा छलफल गर्न बाहिरिएका थिए ।
बिहीबार विहान पनि बालेनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर ज्वागलस्थित निवासमा घिसिङसँग वार्ता गरेका थिए । यसअघि बुधबारदेखि बालेनले देशविकास पार्टीलाई अघि बढाउने तयारी थालेका थिए ।
बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूसँग क्रमशः भेटवार्ता गरेका थिए।