Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली शान्ति सैनिकको अदली बदली

नेपाली शान्ति सैनिकको अदली बदली

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फर्किएर अहिले नयाँ टोली त्यहाँ गएको हो ।

युद्धभैरव गण अन्तर्गत तेस्रो डफ्फालाई गोरखनाथ गणको चौथो डफ्फाले बदली गरेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

गोरखनाथ गणको चौथो डफ्फाका २२५ शान्ति सैनिक १० पुसमा मिसन इलाका प्रस्थान गरेका छन् ।

यो मिसनमा खटिएका युद्धभैरव गणका २२४ नेपाली शान्ति सैनिकहरू पुस १० गते नै स्वदेश फिर्ता भएका छन् ।

हालसम्म यो मिसनमा नेपाली सेनाका १ हजार १८८ जना शान्ति सैनिक कार्यरत छन् ।

यसअघि गोरखनाथ गणकै चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली मंसिर २९ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077