काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ सबजु गण (शान्ति सेना)को अदलीबदली भएको छ ।
शान्ति सेना ६६ औँ डफ्फालाई बदली गर्न विष्णुदल गण ६७ औँ डफ्फाका ९१ जना नेपाली शान्ति सैनिकको तेस्रो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ९१ जना नेपाली शान्ति सैनिक यही वैशाख २५ गते स्वदेश फिर्ता भएका थिए ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त मिसनमा ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत रहेका छन ।