काठमाडौं । सरकारले देशका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार थप गरिएका इलाका प्रशासन कार्यालयहरूमा ताप्लेजुङको श्रीचंघा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढी रहेका छन् ।
गृह मन्त्रालय अन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने गरी निर्णय गरिएको उनले जानकारी दिए ।