Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनमाथि हर्क साम्पाङको कटाक्ष - सिंहदरबार जलाउनेले देश चलाउने ?

बालेनमाथि हर्क साम्पाङको कटाक्ष - सिंहदरबार जलाउनेले देश चलाउने ?

आइतवार , पौष १३, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रति कडा कटाक्ष गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेनबीच भएको सात बुँदे सहमतिपछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

सहमतिको चौथो बुँदामा प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख भएपछि हर्क साम्पाङ आक्रोशित देखिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, 'जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ फटाहाहरू‘ सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !'

हर्क साम्पाङले बालेन र रवि नेतृत्वको सहमतिलाई लक्षित गर्दै सिंहदरबार जलाउने र जेनजी आन्दोलनसँग जोडेर तीव्र आलोचना गरेका छन् । उनले जनतामा पुगेर समर्थन लिन नसक्नेहरूले सत्ताको सपना देख्नु हास्यास्पद भएको टिप्पणी गरे ।

शनिबार राति मात्रै लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077