Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गरुङ लेख्छन् - मिलाएरै छोड्यौं, अब रवि, बालेन र कुलमानसँगै चुनाव लड्नेछन्

सुदन गरुङ लेख्छन् - मिलाएरै छोड्यौं, अब रवि, बालेन र कुलमानसँगै चुनाव लड्नेछन्

सोमवार , पौष १४, २०८२

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई मिलाएरै छाडेको दाबी गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुरुङले लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि तीनै जना नेताहरूलाई एकै ठाउँमा ल्याउन आफूहरू सफल भएको बताएका हुन् ।

गुरुङले स्टाटससँगै आफूबीचमा बसेर रवि लामिछाने र कुलमान घिसिङसँग खिचिएको फोटोसमेत सार्वजनिक गरेका छन् । उनले आगामी निर्वाचनमा रवि लामिछाने, कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सँगै लड्ने सुनिश्चित भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “ गोरखा बाटा खाएको कसम पुरा... । हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोड्यौं। इतिहासले सम्झनेछ— रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।”

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहमति भइसकेको भए पनि कुलमान घिसिङसँग पदीय भागबन्डाका विषयमा कुरा नमिल्दा सहकार्य अन्योलमा परेको थियो । तर आज सहमति भएको हो । कुलमान रास्वपाको उपसभापति बन्ने गरी सहमति भएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077