Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

६३ दलले बुझाए समानुपातिकको बन्दसूची, कांग्रेसले अझै बुझाएन

६३ दलले बुझाए समानुपातिकको बन्दसूची, कांग्रेसले अझै बुझाएन

मंगलवार , पौष १५, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन्।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म समानुपातिकतर्फ कुल ६३ वटा राजनीतिक दल दर्ता भएका हुन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।

दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिह्न पाएका छन् । जसमा ५४ वटा राजनीतिक दलहरूले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन्। अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिह्नमा ४ वटा निर्वाचन चिह्न लिएर दर्ता भएका छन्।

समानुपातिकतर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077