Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपासँग पार्टी एकता गर्ने निर्णय राप्रपा नेपालबाट अनुमोदन, भोलि राष्ट्रिय सभा गृहमा घोषणा

राप्रपासँग पार्टी एकता गर्ने निर्णय राप्रपा नेपालबाट अनुमोदन, भोलि राष्ट्रिय सभा गृहमा घोषणा

मंगलवार , पौष १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राप्रपासँग पार्टी एकता गर्ने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

आज बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठकले दुई पार्टीबीच भएको एकता सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै ऐतिहासिक कदम चालेको हो ।

पार्टी एकताको औपचारिक घोषणा भोलि पुस १६ गते दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत गरिने तय भएको छ। उक्त कार्यक्रममा दुबै पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ।

बैठकमा अध्यक्ष कमल थापा भावुक रूपमा प्रस्तुत हुँदै पार्टी एकताको कठिन यात्रामा सहयोग गर्ने सबै नेता–कार्यकर्ता र शुभेच्छुकप्रति आभार र कृतज्ञता व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077