Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समानुपातिकमा कुन दलले के पाए चुनाव चिह्न ?

समानुपातिकमा कुन दलले के पाए चुनाव चिह्न ?

मंगलवार , पौष १५, २०८२

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार कुल ६४ राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् । तीमध्ये ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारी दर्ता भएको जनाइएको छ।

निर्वाचन आयोगले पुस १३ र १४ गते बन्दसूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो। सोही कार्यतालिकाअनुसार सोमबार राति अबेरदेखि आज बिहानसम्म गरी ६४ दलले आयोगमा बन्दसूची दर्ता गराएका हुन्।

आयोगका अनुसार प्राप्त बन्दसूचीको छानबिन पुस १५ देखि २० गतेसम्म गरिने छ। यस अवधिमा सूचीहरू कानुनी व्यवस्था, समावेशी मापदण्ड र निर्वाचन ऐनअनुसार भए–नभएको परीक्षण गरिनेछ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077