Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

बुधवार , पौष १६, २०८२

काठमाडौं । पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित संयुक्त इजलासले गुप्तालाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा पूर्वमन्त्री गुप्तासहित पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने विषयमा बिचौलियामार्फत घुस ‘डिल’ भएको अडिओ सार्वजनिक भएपछि यो प्रकरण सतहमा आएको थियो।

अख्तियारका अनुसार मालपोत अधिकृतको सरुवा थमौतीका लागि ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीका अध्यक्ष नियुक्तिका लागि २५ लाख रुपैयाँ घुस लेनदेन भएको थियो। सोही आधारमा गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्री गुप्तालाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077