Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कारागारबाट भागेका राजकुमार तिमल्सिना न्यायाधीश धम्क्याएको आरोपमा पक्राउ

कारागारबाट भागेका राजकुमार तिमल्सिना न्यायाधीश धम्क्याएको आरोपमा पक्राउ

बुधवार , पौष १६, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका राजकुमार तिमल्सिनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

उक्त कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार तिमल्सिना जेलबाट फरार भएपछि ‘डार्क फाइल’ अभियानको नाम प्रयोग गर्दै विभिन्न सामाजिक सञ्जालमार्फत न्यायाधीशहरूलाई धम्की दिने गतिविधिमा संलग्न थिए।

उनले अदालत र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले निरन्तर दवाब सिर्जना गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ।

यसैक्रममा उनले सीधा कुरा डटकमलाई झुठा तथा बनावटी समाचार सामग्री उपलब्ध गराएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

फरार अवस्थामै रहेर सार्वजनिक संस्थामाथि भ्रम फैलाउने र न्यायिक निकायलाई चुनौती दिने गतिविधि बढेपछि प्रहरीले खोजी तीव्र बनाएको थियो।

पक्राउपछि तिमल्सिनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइने एसपी आचार्यले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077