काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका(४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको साथबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटस समेत बरामत गरेको छ ।
हाल उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।