Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चुनावको मुखमा भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी, २५ लाखसहित १० जना पक्राउ

चुनावको मुखमा भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी, २५ लाखसहित १० जना पक्राउ

सोमवार , माघ १९, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको एक ठूलो गिरोह भारतमा पक्राउ परेको छ । 

भारतको पूर्वी चम्पारण प्रहरी र एसटीएफको संयुक्त टोलीले भारतको सीतामढीको मेजरगञ्ज क्षेत्रबाट १० जनालाई  पक्राउ गरेको हो । 

पक्राउ पर्ने मध्ये तीन जना नेपाली र सात जना भारतीय नागरिक रहेका छन् ।

भारतीय प्रहरीका अनुसार, उनीहरू नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह भएको जनाइएको छ ।  

उनीहरूद्वारा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना पनि भारतीय प्रहरीले फेला पारेर ध्वस्त पारेको छ ।

पक्राउ परेकाहरूबाट २५ लाख रुपैयाँबराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको छ । यस्तै, नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको भारतीय प्रहरीको भनाइ छ। छापामारी क्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । 

सुरक्षा निकायले गिरोहका अन्य सदस्य र यसका मुख्य योजनाकारको खोजी तीव्र बनाएको जनाएको छ ।

प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडने बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077