Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनसरी गोलीकाण्ड: पीडित र प्रशासनबीच ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

सुनसरी गोलीकाण्ड: पीडित र प्रशासनबीच ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

बिहिवार , पौष १७, २०८२

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ ।

बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि सो ठाउँ तनावग्रस्त बनेको थियो ।

उनको मृत्युपछि स्थानीय र पीडित पक्ष आन्दोलित हुँदा प्रहरीसँग पटक पटक झडप हुनुका साथै राजमार्गसमेत अवरुद्ध बन्न पुगेको थियो । आक्रोशितहरूले। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा पनि आक्रमण गरेका थिए ।

त्यसपछि दिउँसो जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो ।

सहमतिमा सहायक सिडिओको संयोजकत्वमा प्रहरीका डिएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत रहने गरी छानबिन समिति पनि बनाइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।

यस्तै एपीएफको लौकहीस्थित बीओपी टोली पनि फिर्ता गराउने सहमति बनेको सुनसरी प्रशासनले जनाएको छ ।

सहमति पश्चात् मृतकका आफन्तले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077