Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिकारीको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते

सिकारीको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौ । नुवाकोटमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । 

जिल्लाको शिवपुरी गाउँपालिका–३ दियालेकी स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा गम्भीर भएकी हुन् ।

गम्भीर अवस्थामा रहेकी तामाङको काठमाडौंको धुमबाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७/१८ जना मानिसहरू मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जंगलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077