Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनाका तीन सहायक रथीको उपरथीमा बढुवा, दज्र्यानी चिन्ह प्रदान

नेपाली सेनाका तीन सहायक रथीको उपरथीमा बढुवा, दज्र्यानी चिन्ह प्रदान

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरुको बढुवा गरिएको हो ।

जसअनुसार पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका छन्।

यस्तै ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। उनीहरुलाई सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

त्यस्तै पहिल्यै बढुवा भएका महासेनानी विजितराज रेग्मीलाई पनि दज्र्यानी चिन्ह गरिएको छ । बढुवा भएका रेग्मीको दज्र्यानी चिन्ह लगाउन बाँकी थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077