Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ज्ञानेश्वरमा बसेर अवैध भीओआईपी गर्ने राजवंशी पक्राउ

ज्ञानेश्वरमा बसेर अवैध भीओआईपी गर्ने राजवंशी पक्राउ

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैराकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले नेपाल टेलिकम र एनसेलसमेतको प्राविधिक सहयोग र समन्वयमा काठमाडौंको ज्ञानेश्वरबाट राजन राजवंशीलाई पक्राउ गरेको हो ।

ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको कोष्टको इन्फरमेशन टेक्नोलोजी प्रालिमा इन्टरनेट प्रयोग गरी कल बाइपास गर्दै आएका ३० वर्षका राजवंशी कल बाइपास गरिरहेको अवस्थमा आजै पक्राउ परेको सीआईबीले जनाएको छ ।

काठमाडौं–४ धुम्बाराही बस्दै आएका बिर्तामोड–२ झापाका राजवंशीको साथबाट प्रहरीले विभिन्न प्रकारका आठ उपकरणहरु बरादम गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077