Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

शनिवार , पौष १९, २०८२

एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।

अभियोजनकर्ताहरूले यसअघि युनविरुद्ध देशको शत्रुलाई सहयोग गरेकोलगायत आरोपसहित अभियोग दर्ता गरेका थिए । सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन योलले उत्तर कोरियामाथि ड्रोन उडान गर्न आदेश समेत दिएका थिए ।

त्यस मुद्दाका लागि पक्राउ पुर्जीको म्याद यहि जनवरी १८ तारिखसम्ममा समाप्त हुनुपर्ने थियो तर हिजोको आदेशले यसलाई अधिकतम ६ महिनासम्म विस्तार गर्नेछ ।

दक्षिण कोरियाको राजधानी सियोलको जिल्ला अदालतका एक अधिकारीले मुद्दाका प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

योल हिरासतमा छन् । उनीविरुद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाइ भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077