Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमलाई लागु औषधमुक्त बनाउने तयारी, डीआईजी रानाले ल्याउँदैछन् दीर्घकालीन योजना

सुदूरपश्चिमलाई लागु औषधमुक्त बनाउने तयारी, डीआईजी रानाले ल्याउँदैछन् दीर्घकालीन योजना

शनिवार , पौष १९, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाबीच भेटवार्ता भएको छ ।

शनिबार उनीहरुबीच प्रदेशमा बढ्दो लागु औषध सेवन, ओसारपसार तथा यसको दीर्घकालीन नियन्त्रणका उपायहरूबारेमा गम्भीर छलफल भएको हो ।

भेटघाटका क्रममा मन्त्री थापाले लागु औषध दुरुपयोगले समाज, विशेषगरी युवा पुस्तामा पारेको नकारात्मक असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको प्रस्ट पारे ।

डीआईजी रानाले प्रदेश प्रहरीद्वारा सञ्चालन भइरहेका लागु औषध नियन्त्रण अभियान, निगरानी कडा बनाउने कार्य, सीमावर्ती क्षेत्रको चेकजाँच तथा अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि सरकार, प्रहरी, स्थानीय तह र समुदायबीच समन्वय अपरिहार्य रहेको धारणा राखे ।

डीआईजी रानाले लागु औषध नियन्त्रणका लागि दीर्घकालीन  योजना अघि सारेका छन । जस अनुसार उनले केही दिनमा सरोकारवाला निकायसँग सामूहिक छलफल गर्ने तयारी गरेका छन् ।

उनले केही दिनअघि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि भेटेर आफ्नो योजना सुनाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077