Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत चोरी काण्डमा सुदूरपश्चिम प्रहरीको ठूलो सफलता, २ करोडभन्दा बढीका गहना र नगद बरामद

भारत चोरी काण्डमा सुदूरपश्चिम प्रहरीको ठूलो सफलता, २ करोडभन्दा बढीका गहना र नगद बरामद

३ जना पक्राउ

शनिवार , जेठ ९, २०८३

धनगढी । भारतको दिल्लीमा भएको ठूलो चोरी प्रकरणसँग सम्बन्धित करिब दुई करोडभन्दा बढी मूल्यको गरगहना, नगद तथा विभिन्न सामान सुदूरपश्चिम प्रहरीले नेपालमा बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि चोरीमा संलग्न समूहलाई पक्राउ गर्दै बहुमूल्य गरगहना तथा नगद फेला पारेको हो ।

प्रहरीका अनुसार दिल्लीको राजेन्द्रनगरस्थित संजयकुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो । सो घटनामा घरमा काम गर्ने बाजुराका उपेन्द्र रावतको समूह संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको  छ। भारतीय प्रहरीमार्फत प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा उपेन्द्र रावतसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाजुराका लोकेश धामी र चोरी भएको धनमाल खरिद गरेको आरोपमा अछामका अर्जुन सुनारसमेत रहेका छन्।

पक्राउ परेकाहरूको साथबाट सुनचाँदीका गरगहना, हिरा, मोती, विभिन्न देशका मुद्रा तथा नगदसहित करिब २ करोड ७ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले जानकारी दिए।

बरामद गरिएका सामग्रीमा नेपाली रुपैयाँ, १२ वटा महँगा घडी, ४३ लाखभन्दा बढी मूल्यका सुनका गरगहना, हिरा तथा सुनका रिङ, चाँदीका गहना र अन्य बहुमूल्य वस्तुहरू रहेका छन्।

बरामद गरिएका केही रकम तथा सामग्री सम्बन्धित भारतीय नागरिक संजयकुमार माखीजालाई भारतीय दूतावासमार्फत फिर्ता गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार कैलालीमा पीडित पक्षको उपस्थितिमा जनप्रतिनिधिसहित सामान हस्तान्तरण गरिएको हो। पक्राउ परेका व्यक्तिहरूले चोरीका केही सामान अन्य व्यक्तिले लगेको दाबी गरेका छन् ।

ती व्यक्तिहरू अझै फरार रहेका छन् र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077