Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भेनेजुएलाको राजधानीमा अमेरिकाले गर्‍यो भीषण आक्रमण (भिडियोसहित)

भेनेजुएलाको राजधानीमा अमेरिकाले गर्‍यो भीषण आक्रमण (भिडियोसहित)

शनिवार , पौष १९, २०८२

काठमाडौं । अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकाससहित चार सहरमा भीषण हवाई हमला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाका काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा अमेरिकाले सात हवाई हमला गरेको हो। पहिलो आक्रमण स्थानीय समयअनुसार बिहान २ बजेतिर भएको थियो। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले स्रोतको हवला दिंदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सैन्य अड्डा र प्रमुख स्थानहरूमा आक्रमण गर्न आदेश दिएको उल्लेख गरेको छ । अमेरिकी मिडिया आउटलेट सीबीएस न्युजका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्रका सैन्य पूर्वाधार र धेरैवटा प्रमुख स्थानमा आक्रमण गर्न आदेश दिएका थिए। आक्रमणको भाइरल भिडिओमा सहरमाथि नजिकै झन्डै १० वटा हेलिकप्टर उडिरहेको देखिन्छ। रोयटर्सका अनुसार, सहरका धेरै क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने प्रमुख सैन्य अड्डानजिकै दक्षिणी क्षेत्रमा बिजुली काटिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि पछिल्लो हप्तादेखि दबाब बढाइरहेका बेला भेनेजुएलामा हमला भएको हो। ट्रम्प प्रशासनले मादुरोमाथि अमेरिकामा लागूऔषध तस्करी र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ। भेनेजुएलाका राष्ट्रपति मादुरोले देशमा भएको विस्फोट र हमलापछि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। राष्ट्रपतिले यी घटनालाई अमेरिकाले भेनेजुएलाका तेल र खनिज कब्जा गर्न खोजेको प्रयास भएको भन्दै निन्दा गरेका छन्। मादुरोले अमेरिकामाथि आफ्नो देशको स्रोत साधन कब्जा गर्ने चालको आरोप लगाएका छन् भने देशभित्र सुरक्षा कडा गर्ने निर्देशन दिएका छन्। अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरी कडा जवाफ दिइने चेतावनी दिएका छन्।    

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077