Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिका-भेनेजुएला विवादबारे नेपालको चासो, सबै पक्षलाई संयम रहन आग्रह

अमेरिका-भेनेजुएला विवादबारे नेपालको चासो, सबै पक्षलाई संयम रहन आग्रह

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाल सरकार अमेरिका-भेनेजुएला विवादबारे चासो देखाउदै सबै पक्षलाई संयम रहन आग्रह गरेको छ ।

यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्‍याएको थियो।।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका सहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरूले यस घटनाप्रति चिन्ता व्यक्त गरिरहेका छन् । सोहिबीच नेपालको परराष्ट्र मन्त्रालयले पनि आज विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने हुनाले संयमता अपनाउन आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने काम नगर्न आह्वान गर्दछ। संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गरिनुपर्नेमा जोड दिन्छ।’

जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।

नेपालले विवाद संवाद र कूटनीति पहलबाट शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077