Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युद्धका दृश्य टिकटक–फेसबुकमा हाल्दा ६ नेपाली पक्राउ, परराष्ट्रको कडा चेतावनी

युद्धका दृश्य टिकटक–फेसबुकमा हाल्दा ६ नेपाली पक्राउ, परराष्ट्रको कडा चेतावनी

सोमवार , चैत्र २, २०८२

काठमाडौं । पश्चिम एसियामा जारी युद्ध र तनावसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा युद्धसँग सम्बन्धित भिडियो तथा फोटो सार्वजनिक नगर्न नेपालीहरूलाई कडा चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सम्बन्धित देशका सरकारले युद्ध, सैन्य गतिविधि तथा सुरक्षासँग जोडिएका विषयमा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा सेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन्।

उनले यस्ता सामग्री आफैं बनाएर पोस्ट गर्ने मात्र होइन, अरूले बनाएको भिडियो वा फोटो सेयर गर्नु पनि त्यहाँको कानुनअनुसार गैरकानुनी मानिने बताए।

मन्त्रालयका अनुसार पक्राउ परेका नेपालीहरूलाई सम्बन्धित देशको कानुनअनुसार ठूलो रकम जरिबाना, लामो समयसम्म जेल सजाय र सजाय पूरा गरेपछि डिपोर्ट (देश निकाला) गर्ने सम्भावना रहेको छ।

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय कानुन र सुरक्षासम्बन्धी नियमहरूको पूर्ण पालना गर्न तथा संवेदनशील सामग्री सामाजिक सञ्जालमा राख्दा गम्भीर परिणाम आउन सक्ने भएकाले अत्यन्त सतर्क रहन आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077