काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेका छन् ।
आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको मेयर भएका बालेन अब दलीय राजनीतिमा प्रवेश गरेका छन् । बैठकको अवसरमा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै औपचारिक स्वागत गरेका थिए ।
रास्वपा प्रवक्ताका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जना अन्य नेतालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसअघि पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच पार्टी एकता गर्ने सहमति भएको थियो ।