Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वीरगञ्जमा जारी कर्फ्यू थप लम्बियो

वीरगञ्जमा जारी कर्फ्यू थप लम्बियो

मंगलवार , पौष २२, २०८२

जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू थप लम्बिएको छ ।

धार्मिक सद्भाव भड्किन नदिन स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा जारी गरेको कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको हो ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । जसकारण वीरगञ्जमा सुरक्षा चुनौती बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077