Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

बिहिवार , पौष २४, २०८२

काठमाडौं । सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरीको भर्ना खुलाएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा निर्वाचन प्रहरी माग गरिएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाएको छ।

निर्वाचनको शान्ति सुरक्षा, मतपेटिका ओसारपसार, मतदान केन्द्रको सुरक्षा तथा समग्र चुनावी व्यवस्थापनका लागि उनीहरू परिचालन गरिनेछ।

सूचनाअनुसार निर्वाचन प्रहरीका लागि पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ। आवेदन संकलनको क्रममा बिदाको दिनसमेत फाराम लिइने व्यवस्था गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077