Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीसँग भेटै नगर्ने अडानमा रहेकी प्रधानमन्त्री कार्कीले गरिन् ‘वान टु वान’ वार्ता

ओलीसँग भेटै नगर्ने अडानमा रहेकी प्रधानमन्त्री कार्कीले गरिन् ‘वान टु वान’ वार्ता

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार लामो भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओली र प्रधानमन्त्री कार्कीबीच करिब तीन घण्टा ‘वान टु वान’ संवाद भएको हो ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए ।

उनी आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्र साथमा लिएर प्रधानमन्त्रीसँग एक्लै छलफलमा बसेका थिए। भेटवार्तालाई चुनाव नजिकिँदै गरेको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

भदौ २३ को जनेजी आन्दोलनपछि ओली बालुवाटारबाट विस्थापित भएका थिए भने त्यसै आन्दोलनको पृष्ठभूमिबाट सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्। त्यसयता ओली र प्रधानमन्त्री कार्कीबीच यसरी एक्लै लामो समय संवाद भएको यो पहिलो अवसर हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा पहिलोपटक संयुक्त भेटवार्ता भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077