Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवालाई सुनिल शर्माको आग्रह- रोइलो छोडेर बन्द सत्र उद्घाटनमा आउनुस्, हामी विकल्प दिन्छौँ

देउवालाई सुनिल शर्माको आग्रह- रोइलो छोडेर बन्द सत्र उद्घाटनमा आउनुस्, हामी विकल्प दिन्छौँ

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली काँग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा सभापति शेरबहादुर देउवालाई उपस्थित हुन अनुरोध गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष दोस्रो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सभापति देउवालाई उमेरले माथि बोलाइरहेको बेला अघि नबढ्न आग्रह गरे ।

उनले भनेका छन्- 'शेरबहादुर दाइ तपाईँ एउटा इतिहास बोकेको गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ, अब तपाईँको उमेरले माथि बोलाइरहेको छ । यस्तो बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईँलाई सभापति बनायो, पटक पटक तपाईँहरूलाई सत्तामा पुर्‍यायो तिनका लागि त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौँ ।'

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरेका छन् ।

उनले थप भने- ‘हेर्नुस् यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईँहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौँ । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077