Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी

सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी

बुधवार , माघ १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।

सोही निर्वाचन क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख रुपैयाँ दिएको आरोपसहित निर्वाचन आयोगमा उजुरी दायर गरेका हुन् ।

उजुरीमा उक्त रकम निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077