Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनिल शर्मा भन्छन्- संस्थापन पक्षले गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैन

सुनिल शर्मा भन्छन्- संस्थापन पक्षले गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैन

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसंग कुरा गर्दै उनले निर्वाचन आयोगले आधिकारिकता दिएको नयाँ नेतृत्वलाई संस्थापन पक्षका नेताहरूले स्वीकार गरेर अघि बढ्नु अनिवार्य रहेको बताएका हुन् ।

डा।शर्माका अनुसार, संस्थापन पक्षमा भएको उत्पीडनका कारण विशेष महाधिवेशन आवश्यक परेको र नयाँ नेतृत्व मिलाएर लैजाने जिम्मेवारी नवनिर्वाचित सभापति गगन थापाको रहेको छ ।

शर्माले भने- ‘अधिवेशन भइसकेको छ, अब यसलाई स्विकार्नु र पार्टीलाई मिलाएर लैजानु बाहेक अर्को विकल्प छैन। नेताहरूले आफ्नो इगो त्यागेर काँग्रेसलाई एकढिक्का बनाउनु पर्छ। आगामी निर्वाचनमा काँग्रेससँग ठुलो प्रतिस्पर्धा हुँदैन र नयाँ टिमले मेजरिटी ल्याउनेछ ।’

उनले सभापति थापा र उपसभापति शरमैसहितका नेताहरूले संस्थापन पक्षका नेताहरूलाई समेटेर पार्टी एकतामा ल्याउने विश्वास व्यक्त गरे ।

साथै उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लैले चुनाव लड्ने र बहुमत प्राप्त गरी सभापति थापालाई प्रधानमन्त्री बनाउने दाबी पनि गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077