Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

सोमवार , पौष २८, २०८२

बैतडी । बैतडीको पाटन नगरपालिका-८ साँडीघाटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २१४ नम्बरको जिप आज बिहान साढे १० बजेतिर जय पृथ्वी राजमार्गअन्तर्गत साँडीघाटीमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निशान्त बोहरा, सिगास कै २८ वर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ वर्षका राकेश रावल रहेका छन् ।

सो जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077