Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा

सोमवार , पौष २८, २०८२

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना  समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघरमा ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै प्रदर्शन गरेको हो ।

ढुंगानाले सञ्चारकर्मीसँग कुरा गर्दै सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘ सिस्टम नै बिग्रेको छ भने वैधानिकता हेरेर तपाई कहाँ पुग्नुहुन्छ । त्यस कारण अहिले सर्वसहमति गरेर सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ । नयाँ पुराना सबैलाई राखेर सर्वसहमति गर्ने हो तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्ने हैन ।

उनले पुराना राजनीतिक दलका नेताहरूलाई सरकार प्रमुख नबनाउनेगरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूहले पटक पटक आन्दोलन गर्दै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077