Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवेश गर्दै मिराज ढुंगाना, सभापति थापाले भित्र्याउने

कांग्रेस प्रवेश गर्दै मिराज ढुंगाना, सभापति थापाले भित्र्याउने

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका  छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् । 

मिराजले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । तर उनी आन्दोलनमा भने देखा परेनन् । 

माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम थियो । आन्दोलनमा घुसपैठ भउको भन्दै मिराजले सबै जेनजीहरूलाई घर फर्कन आह्वान गरेका थिए । तर, उनको आग्रहलाई कसैले नसुन्दा आन्दोलनले उग्र रुप लिएको थियो ।

जेनजी आन्दोलनपछि उनले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर, अहिले उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् । सभापति थापाले नै ढुंगानालाई कांग्रेसमा भित्र्याउँदै छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077