Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माघ ४ गते राष्ट्रियसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

माघ ४ गते राष्ट्रियसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

सोमवार , पौष २८, २०८२

काठमाडौं । सरकारले राष्ट्रियसभाको नयाँ अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री जगदिश खरेलले भने- '२०८२ साल माघ ४ गते आइतबारको दिन विहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।'

यससँगै संसदिय कार्यतालिका अघि बढाउने तयारी सुरु भएको छ  । साथै आगामी अधिवेशनमा विभिन्न विधेयक र प्रस्तावहरुमाथि छलफल हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077