Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ठमेलबाट कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ, लिउ पान होटलमा छापा

ठमेलबाट कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ, लिउ पान होटलमा छापा

मंगलवार , पौष २९, २०८२

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अन्तर्राष्ट्रिय कल बाइपास पराधमा संलग्न रहेको आरोपमा ठमेलबाट सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सिआइबीका अनुसार ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटल एण्ड रेष्टुरेन्टमा छापा हानी उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू कल बाइपास अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ।

सिआइबीका अनुसार भिओआइपी मार्फत अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरिएको सूचनाका आधारमा अपरेशन सञ्चालन गरिएको थियो ।

छापाका क्रममा भिओआइपीमा प्रयोग हुने उपकरण तथा अन्य प्राविधिक सामग्रीसमेत बरामद गरिएको सिआइबीले जनाएको छ। उनीहरूलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077