Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सायमि नेतृत्वको समूह र नेकपाबीच आज एकता

सायमि नेतृत्वको समूह र नेकपाबीच आज एकता

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमि नेतृत्वको समूहबीच आज एकता हुने भएको छ। एकता घोषणा कार्यक्रम बुधबार दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ ।

सायमि नेतृत्वको समूहसहित राष्ट्रिय मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडितहरूको आन्दोलनमा सक्रिय अभियन्ता तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत नेताहरू पनि उक्त एकता कार्यक्रममा सहभागी हुने तयारीमा छन्।

एकताबारे प्रतिक्रिया दिँदै सुमन सायमिले वैकल्पिक शक्ति भन्दै उदाएका दलहरूमाथि तीव्र आलोचना गरे।
आफूहरूले उठाउँदै आएका राजनीतिक र सामाजिक मुद्दाहरू नेपाली कम्युनिस्ट पार्टीसँग मेल खाने भएकाले एकताको निर्णय गरिएको सायमिको भनाइ छ।

कालिमाटी क्षेत्रका स्थायी बासिन्दा सायमि आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा छन्।

उनी यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077