Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेकपामा समाहित

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेकपामा समाहित

बुधवार , पौष ३०, २०८२

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ।

बुधवार दिउँसो राष्ट्रिय सभागृहमा एक कार्यक्रम गर्दै नेकपार्टीका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

सायमीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत नेताहरू पनि सहभागी भएका छन्।

सायमी चर्चित गुठी आन्दोलनका नेता हुन् । त्यसैगरी उनले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन्। सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गरेर नेकपामा विलय भएका हुन्। सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन्।

२०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए ।  त्यसबेला उनले १३ हजार ७७० जना मत पाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077