Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले भने–देउवा पक्षले विधान अनुरुप काम गरेन

बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले भने–देउवा पक्षले विधान अनुरुप काम गरेन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसका महामन्त्री तथा सहमहामन्त्रीमाथि गरिएको कारबाही विधानअनुरूप नभएको बताएका छन्।

केन्द्रीय समितिले गरेको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै विधानको स्पष्ट व्यवस्था विपरीत कदम चालिएको उनको भनाई छ ।

घिमिरेले पार्टी विधानको धारा १७ (२) ले विशेष महाधिवेशन बोलाउने स्पष्ट व्यवस्था गरेको र विधानले दिएको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको माग वा प्रक्रिया अघि बढाइँदा त्यसलाई आधार बनाएर कारबाही गर्नु अवैधानिक हुने उनको ठहर छ ।

विधानअनुसारकै काममा अनुशासनको नाममा गरिएको कारबाहीले पार्टीभित्र गलत नजिर स्थापित हुने भन्दै उनले विशेष महाधिवेशनको विषयमा स्वामित्व लिने वा नलिने भन्ने बहस चलिरहेकै बेला अचानक निष्कासनको निर्णय आएको भन्दै उनले समय र नियतमाथि पनि प्रश्न उठेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077