Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युनिस्फाको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न अबेई जाँदै रथी श्रेष्ठ

युनिस्फाको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न अबेई जाँदै रथी श्रेष्ठ

शुक्रवार , माघ २, २०८२

काठमाडौं । अबेई क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बल (युनिस्फा) को फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले २०८२ मंसिर १६ गते रथी श्रेष्ठलाई युनिस्फा शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त गरेका हुन्। नेपाली सेनाका अनुसार युनिस्फा मिसनमा फोर्स कमान्डरका रूपमा नेपाली सेनाबाट पहिलो पटक नियुक्ति भएको हो।

नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संयुक्त राष्ट्रसंघीय विभिन्न शान्ति मिसनहरूमध्ये युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमान्डरको जिम्मेवारी प्राप्त गरेको हो।'

सन् १९९३ यता नेपाली सेनाका सातजना उच्च सैनिक पदाधिकारीहरूले संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमान्डरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

नेपाली सेनाले यस किसिमको जिम्मेवारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको छवि थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077