Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि-बालेनले संयुक्त रूपमा बजाए घण्टी

रवि-बालेनले संयुक्त रूपमा बजाए घण्टी

आइतवार , माघ ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै शाह वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेका हुन्।

कार्यालयको मूल प्रवेशद्वारमा सभापति लामिछानेले शाहलाई स्वागत गरेपछि दुवै नेताले त्यहाँ झुन्ड्याइएको घण्टी संयुक्त रूपमा बजाएका थिए।

यो दृश्यलाई पार्टीभित्रको एकता र नयाँ राजनीतिक यात्राको संकेतका रूपमा हेरिएको छ। शाहको आगमनसँगै वनस्थली क्षेत्रमा समर्थकहरूको उल्लेखनीय भीड लागेको थियो।

उपस्थित समर्थकहरूले रवि लामिछाने र बालेन शाहको पक्षमा चर्को नाराबाजी गर्दै उत्साहजनक समर्थन जनाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077