Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धरानमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते

धरानमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते

आइतवार , माघ ४, २०८२

धरान । सुनसरीको धरानमा आज दिउँसो स्कुल बस दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

भेडेटारबाट धरान तर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको गुडिरहेको स्कुल बस ब्रेक फेल भएर घरमा ठोक्किदा दुर्घटना भएको हो ।

घरमा गाडी ठोक्किँदा सोही घरमा रहेको मेडिकलमा आएका सर्वसाधारणलाई किच्दा हातहाती भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषणबहादुर राईले जानकारी दिए ।

गाडी इस्र्टन एजुकेसन प्रालीको नाममा दर्ता रहेको छ । गाडी दुर्घटनामा परि १२ जना घाइते समेत भएका छन् । घाइतेमध्ये केहि विद्यार्थीहरूको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077