कञ्चनपुर । नेपाली कांग्रेसले कञ्चनपुर-३ मा पूर्व जिल्ला सभापति हरिबहादुर बोहरालाई अघि सारेको छ ।
पूर्वगृहमन्त्री रमेश लेखकको क्षेत्रमा सभापति गगन थापाले बोहरालाई उम्मेदवार बनाएका हुन्।
यद्यपि बोहरा कञ्चनपुर- २ का बासिन्दा हुन्।
बोहराले टिकट पाएपछि लेखकले आफु चुनाव लड्ने तयारीमा भएपनि कुनै खबर नै नगरि आफ्नो क्षेत्रबाट अरुलाई टिकट दिएको गुनासो गरेका छन् ।
यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका लेखक १२ हजार मतान्तरले जितेका थिए ।
लेखकले ३० हजार ५७५ र एमालेकी निरुदेवी पालले १८ हजार चार सय ८५ मत ल्याएकी थिइन् ।