Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश लेखकलाई टिकट नदिइएको विरोधमा गगन-विश्वको पुत्ला दहन

रमेश लेखकलाई टिकट नदिइएको विरोधमा गगन-विश्वको पुत्ला दहन

मंगलवार , माघ ६, २०८२

कञ्चनपुर। नेपाली कांग्रेसले रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै विरोध प्रर्दशन भएको छ ।

कञ्चनपुर–३ मा कांग्रेसका लेखक पक्षका कार्यकर्ताहरुले सभापति गगनकुमार थापा र उपसभापनि विश्वप्रकाश शर्मा र पुष्पा भुसालविरुद्ध प्रर्दशन भएको हो ।

लेखक योग्य रहँदारहँदै टिकट नदिइएको भन्दै आक्रोशित कार्यकर्ताहरुले गगन–विश्वप्रकाशको पुत्ला समेत जलाएका छन् ।

लेखक जस्तो नेता नपाउने भन्दै आफूहरुले सो निर्णय नमान्ने समेत चेतावनी दिएका छन् ।

जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि चौतर्फी आलोचना भएको भन्दै कांग्रेसले टिकट दिएको थिएन् । उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट कञ्चनपुर- २ का बासिन्दा हरिबहादुर बोहरालाई उम्मेदवार बनाइएको छ ।

बोहराले टिकट पाएपछि लेखकले आफु चुनाव लड्ने तयारीमा भएपनि कुनै खबर नै नगरि आफ्नो क्षेत्रबाट अरुलाई टिकट दिएको गुनासो गरेका छन् ।

गत चुनावमा यहाँबाट ७९ मा लेखक १२ हजार मतान्तरले विजयी भएका थिए ।

उता शेरबहादुर देउवालाई निर्वाचनबाट वञ्चित गरिएको भन्दै कैलाली क्षेत्र नं ४ बाट टिकट पाएका नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077