Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं प्रशासनद्वारा हतियार बुझाउन आग्रह

काठमाडौं प्रशासनद्वारा हतियार बुझाउन आग्रह

बिहिवार , माघ ८, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ।

काठमाडौंका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत रहने गरी यही माघ २० गतेभित्र हातहतियार बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको बताए।

साथै, निर्वाचन सम्पन्न भएको एक महिनापश्चात् उक्त हातहतियार लगत कट्टा गरी फिर्ता गरिने पनि काठमाडौं प्रशासनले जनाएको छ।

'यस सूचनाबमोजिम हातहतियार नबुझाएको पाइए कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,' जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच गृह मन्त्रालयले देशभरकै प्रशासन कार्यालयहरूलाई यस्ता हतियार सङ्कलनका लागि निर्देशन दिइसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077