Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय, सरकारको प्रवक्तामा गृहमन्त्री

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय, सरकारको प्रवक्तामा गृहमन्त्री

बिहिवार , माघ ८, २०८२

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन्।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका जगदीश खरेल सरकारका प्रवक्ताका रुपमा रहेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

रिक्त पदमा आजको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिएको हो।

यस्तै सरकारले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।

सरकारले जेनजी आन्दोलनबारे घटनाको जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । आयोग गठन गर्दा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।

पछिल्लो पटक थपिएको म्याद पनि आज सकिएपछि आयोगले प्रतिवेदन लेखनको काम अझै बाँकी रहेकाले दुई साताका निम्ति पुनः म्याद बढाउन सोमबार मन्त्रिपरिषद्समक्ष प्रस्ताव गरेको थियो । सोहि प्रस्तावअनुसार बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले थप २० दिन समय दिने निर्णय गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077