Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन शाहको चुनावी अभियान तीव्र, तेह्रथुम पुगेर देवीथानमा मतदातासँग संवाद

बालेन शाहको चुनावी अभियान तीव्र, तेह्रथुम पुगेर देवीथानमा मतदातासँग संवाद

शनिवार , माघ १०, २०८२

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको सिलसिलामा तेह्रथुम पुगेका छन् ।

तेह्रथुमको म्याङ्लुङ–देवीथानमा आयोजित भेटघाट कार्यक्रममा शाहले रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको साथमा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।

कार्यक्रममा शाहले परम्परागत दलप्रति जनतामा बढ्दै गएको निराशा उल्लेख गर्दै वैकल्पिक राजनीति अपरिहार्य भएको बताए । उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई रास्वपाको मूल एजेन्डा भएको दाबी गर्दै मतदातासँग पुरानो राजनीतिक संस्कार तोड्ने आह्वान गरे।

झापा–५ बाट उम्मेदवारी दिएका शाह पूर्वी पहाडी जिल्लाहरूमा सघन चुनावी अभियानमा छन् । यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रहरूमा पुगेर जनसम्पर्क विस्तार गरिसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077