Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा नेपालका नेता दीपेन्द्र अग्रवाल एमाले प्रवेश

जसपा नेपालका नेता दीपेन्द्र अग्रवाल एमाले प्रवेश

शनिवार , माघ १०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली शेयर बजारका चर्चित शेयर कारोबारी अग्रवाल आज एमाले प्रवेश गरेका हुन् ।

अग्रवाललाई एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादामाला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए ।

अग्रवालले जसपा नेपालबाट देशको वर्तमान अवस्थामा कुनै पनि समस्यको समाधान नहुने तर एमालेबाट वर्तमान संकटको समाधान हुने भएकोले आफू लगायत ठूलो समुह एमाले प्रवेशको तयारी गर्न लागेको जानकारी केहिदिन अघि अध्यक्ष ओलीलाई गराएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077